शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पौडी खेल्न जाँदा बेपत्ता

बुधबार, ३१ असार २०७७, २० : ०४
बुधबार, ३१ असार २०७७

रुकुम (पूर्व)मा दहमा डुबेर एक जना बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ मा रहेको गुप्ता दहमा डुबेर लजिम बुढा बेपत्ता भएका हुन् । 

भैँसीखर्क जानुभएका १८ वर्षीय बुढा आज पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिए । 

बर्खाका समयमा लेकतिर गाईभैँसी लिएर खर्क जाने प्रचलन छ । वडा नम्बर १  भट्टेचौरबासी गुप्ता दहको खर्कमा भैँसी चराउन गएका थिए । वडाध्यक्ष बुढाका अनुसार पौडी खेल्न गएकामध्ये सिर्जन बुढा बाँच्न सफल भएको तर लजिम डुबेर बेपत्ता भएका छन् ।

अहिले स्थानीयवासीले लजिमको खोजी गरिरहेका छन् भने प्रहरीलाई पनि खबर गरिएको अध्यक्ष बुढाले बताए । सडक सुविधा नभएको उक्त ठाउँमा जिल्ला सदरमुकाम रुकुमकोटबाट जान हिँडेर दुई दिन लाग्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप