सिरहामा मेयरका छोरा ५ लाख घुससहित पक्राउ
बुधबार, ३१ असार २०७७, १९ : ४२
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित २ जनालाई ५ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई आज अपरान्ह घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहीसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएका बेला अख्तियार टोलीले नियन्त्रणमा लिएको जनाएको छ । डिएसपी मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानको लागि आयोगको कार्यालय वर्दिवास लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु