बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
बुधबार, ३१ असार २०७७, १८ : ३६

रौतहट । रौतहटमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । गुजरा नगरपालिका वडा ५ लक्ष्मीपुरका २२ वर्षीय शेख तुफानी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । तुफानीलाई ईलाका प्रहरी कार्यालय बिजयौरको टोलीले पक्राउ गरेको हो ।
२ दिनअघि गुजरा ५ लक्ष्मीपुर गाउँकी एक १४ वर्षीया बालिका सौच गर्न खेतमा जाने क्रममा शेख तुफानीले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर चन्द्रकिशोर साहले बताए । पीडित बालिकाको स्वास्थ परीक्षण भैइसकेको छ ।
अभियुक्त तुफानीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता भई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थमाएर अनुसन्धान भैइरहेको सई लतिफ अन्सारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने