बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इजीलिंक रेमिट्यान्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

बुधबार, ३१ असार २०७७, १७ : ४४
बुधबार, ३१ असार २०७७

काठमाडौं— ईजीलिंक रेमिट्यान्सले नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)को प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । 

यो व्यवस्थासँगै ईजीलिंक रेमिट्यान्सका भुक्तानीका कारोबारहरु कनेक्ट आइपीएस ई पेमेन्ट प्रणाली मार्पmत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आइपीएसमार्पmत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि ईजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ । 

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमार्फत हाल उपलब्ध कनेक्ट आइपीएस र एनसीएचएल आइपीएसको सञ्जालमा क्रमश ५२ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस, कनेक्ट आइपीएस ई पेमेन्ट कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ । 

यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ , सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ । यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट र ललित मनि ट्रान्सफर गरी ७ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ३४ गैर/बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्केन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु रहेका छन् । 

ईजीलिंक रेमिटेन्स प्रा.लि सन् १९९९ मा स्थापना भएको अग्रणीे रेमिटेन्स कम्पनी हो । यसले सुरक्षित, छिटो र भरपर्दो माध्यमबाट विदेशबाट नेपालमा रेमिटेन्स पठाउन योगदान पु¥याउँदै आइरहेको छ । यसले उचित शुल्कमा गुणस्तरीय रेमिटेन्स सेवा पु¥याउने उद्देश्यका साथ नेपाल भित्र र बाहिर विभिन्न साझेदारी गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप