भोलिबाट अर्को बैंकको एटिएमबाट पैसा झिके शुल्क लाग्ने
काठमाडौं । भोलिबाट अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लाग्ने भएको छ । अन्य कुनै पनि बैंकको खातावालाले आफ्नो बैंकसँग कारोबार गर्दा अतिरिक्त शुल्क लिने कि नलिने भन्ने अधिकार स्वयम् बैंकको जिम्मा आएसँगै शुल्क लाग्ने पक्का भएको हो ।
अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लिने कि नलिने भन्ने निर्णयको अधिकार सोही बैंकलाई जिम्मा लगाइएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले रातोपाटीलाई जानकारी दिए । ‘हामीले शुल्क लिन पाउने कि नपाउने भन्ने विषयमा कुनै निर्णय गरेका छैनौं । बरु सो निणर्य स्वंय बैंकको जिम्मा लगाएका छौं ।’ अध्यक्ष दाहालले भने, ‘कति बैंकले लिन पनि सक्छन् र नलिन पनि सक्छन् । अब यो उनीहरुकै स्वःनिर्णयको विषय हो ।’
नेपाल बैंकर्स संघ डेभलपमेन्ट बैंक एशोसिएसन र नेपाल वित्तीय संस्था संघले बुधबार एक विज्ञप्ति जारी गर्दै शुल्क लिने नलिने निर्णय सम्बन्धित बैंक वित्तीय संस्थालाई जिम्मा दिइएको जनाएको छ । योसँगै भोलि श्रावण १ गतेबाट अन्तर बैंकिङ् कारोबार गर्दा अतिरिक्त शुल्क लाग्न सक्ने छ । जस अन्तरगत एक बैंकको खातावालाले अर्को बैंकको एटिएम बुथबाट पैसा झिक्दा, मोबाइल बैंकिङमार्फत रकम ट्रान्फर गर्दा वा क्रेडिट कार्ड प्रयोग गर्दा अतिरिक्त पैसा लाग्नेछ ।
तर यो निर्णय बैंकको आफ्नै निणर्यमा छाडिएकाले सबै बैंकहरुले अतिरिक्त शुल्क नलगाउन पनि सक्छन् । यसअघि कोरोनाको कहरका बीच गत चैत्र ११ गतेबाट मुलुक लकडाउनमा गएसँगै सबै बैंकहरुले अन्तरबैंकिङ कारोबारमा अतिरिक्त शुल्क छुट दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान