६४.२ प्रतिशत संक्रमित निको भए, काठमाडौंमा ७ जना संक्रमित थपिए
बुधबार, ३१ असार २०७७, १६ : ३३
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंका ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ भने कूल संक्रमितको संख्या १७ हजार १७७ रहेको छ ।
यसैगरी बितेको २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कूल संख्या ११ हजार २५ पुगेको छ।
अर्थात हालसम्म संक्रमितमध्ये ६४.२ प्रतिशत निको भएका छन् । बितेको २४ घण्टामा ५ हजार ९० जनाको परीक्षण भएको छ ।
कोरोना संक्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला