बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी ए२१एस नेपाली बजारमा,  ४८ मेगापिक्सल क्वाड क्यामरा, मूल्य कति ?

बुधबार, ३१ असार २०७७, १६ : ३१
बुधबार, ३१ असार २०७७

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले २०२० को लागि सबैभन्दा सुलभदरमा ग्यालेक्सी ए स्मार्टफोन अन्तर्गत ग्यालेक्सी ए२१एस प्रस्तुत गरेको छ । अर्थपूर्ण आविष्कारको साथ एक उत्कृष्ट मोबाइलको अनुभव प्रदान गर्नको लागि डिजाइन गरिएको ग्यालेक्सी ए२१एसमा परिष्कृत सुविधाहरू विद्यमान रहेका छन् । 

यसमा ४८ मेगापिक्सलको क्वाड क्यामेरा रहेको जसले मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्ने सामथ्र्य राख्दछ । यसमा भएको इन्फिनिटी ओ डिस्प्लेले आकर्षक दृश्यावलोकनको अनुभव प्रदान गर्दछ । यसमा रहेको लङ–लास्टिङ्ग व्याट्रिले व्यस्त जीवनमा थप सहजता प्रदान गर्दछ । ग्यालेक्सी ए२१एसमा सामसङ ब्राण्डको उत्कृष्ट विश्वास एवं आकर्षक मूल्यका साथ उपलब्ध रहेको छ । 

सामसङ मोबाइल नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने, “सामसङले आफ्नो सम्पूर्ण ध्यान आफ्ना सम्पूर्ण ग्राहकहरुलाई उपयोगी आविष्कारहरू प्रस्तुत गर्नुमा नै केन्द्रित राख्दै आएको छ । यसै सिलसिलामा ग्यालेक्सी ए२१एसको साथ हामी हाम्रो ए सीरिज लाइनबाट ’वेष्ट अफ एभ्रिथिङ’ को रुपमा ल्याएका छौं । ४८ मेगा पिक्सल क्वाड क्यामेरा, मनमोहक एचडी इन्फिनिटी–ओ डिस्प्ले, लामो अवधि टिक्ने ५००० mAh ब्याट्री रहेको छ । साथै ग्यालेक्सी ए२१एसमा कम्पनीको डिफेन्स–ग्रेड, सामसङ नक्स सुरक्षा प्लेटफर्म छ जसले ग्राहकको डेटालाई सुरक्षाको सुनिश्चितता प्रदान  गर्दछ । 

४८ मेगा पिक्सलको क्वाड क्यामेरा
यस फोनमा भएको ४८ मेगा पिक्सलको क्वाड क्यामेरा सेटअपले आजका युवा ग्राहकहरूलाई आफ्नो मोबाइलको क्यामेरामा अन–द–गोको अवस्थामा पनि फोटोहरु क्याप्चर गर्न सक्षम तुल्याउदछ । ग्यालेक्सी ए२१एसमा ४८ एमपीको मुख्य क्यामेरा, तथा अल्ट्रा वाइड लेन्सको साथ ८ एमपीको क्यामराले हाम्रो मानव आँखाले जस्तो देख्छ त्यस्तै तस्वीरहरू लिन मद्दत गर्दछ, म्याक्रो लेन्सले ग्राहकहरूलाई क्लोजप शट लिन मद्दत गर्दछ ।

यसको डेफ्थ क्यामेरा, जसले लाइभ फोकस मोडमा आश्चर्यजनक फोटोहरू क्याप्चर गर्न सक्दछ । ग्यालेक्सी ए२१एसमा अन्य सुविधाहरू जस्तैः ८एक्स जुम, डेडिकेटेड फुट मोड, र अल्ट्रा वाइड पानोरमा जस्ता सुविधाहरु विद्यमान रहेका छन् । आफूले खिचेका व्यक्तिगत फोटाहरुलाई अझै जीवन्त एवं व्यक्तिगत बनाउन विभिन्न प्रकारका स्ट्याम्पहरू, फिल्टरहरू र स्टिकरहरू प्रयोग गर्न पनि सकिने छ । 

६.५  इन्चको इन्फिनिटि–ओ डिस्प्ले 
ग्यालेक्सी ए२१एसमा आजका युवाहरुले रमाइलो दृश्यावलोकनको मज्जा लिन सकिनेछ । आजका युवाहरुको चाहनालाई सहजै परिपूर्ति गर्ने खालका सामग्रीहरु यसमा निहीत छन् । ग्यालेक्सी ए२१एस मा २०.९ को रेसियोको डिस्प्ले तथा डल्बी एटम्स अडियोको साथ उपलब्ध रहेको छ, जसले गर्दा  सिनेम्याटिक दृश्यहरूको  जीवन्त अनुभव प्राप्त गर्न सकिन्छ । 

लामो समयसम्म टिक्ने ५०००mAh को ब्याट्री
ग्यालेक्सी ए२१एसमा लामो समयसम्म चल्ले ५०००mAh को ब्याट्री राखिएको छ, जसले प्रयोगकर्तालाई २१ घण्टाको भिडियो हेर्ने सुविधा प्रदान गर्दछ । साथै दिनभर आफूलाई मनपरेको कन्टेन्ट वा गेम खेल्ने स्वतन्त्रता प्रदान गर्दछ । यसको १५ वाटको फास्ट चार्जिङ्ग सुविधाले चाडैं नै मोबाइल चार्ज हुने हुँदा धेरै समय खेल खेल्न एवं मनोरञ्जन लिन सकिन्छ । 

सामसङ नक्सः सुरक्षा प्लेटफर्म
ग्यालेक्सी ए२१एस नक्सद्वारा इन्स्क्रिप्ट गरिएको छ जसले गर्दा गोप्य फाइलहरु, क्रेडिटकार्डका विवरणहरु तथा कारोबार, पासवर्डहरु एवं स्वास्थ्य सम्बन्धी डाटाहरुलाई थप सुरक्षा प्रदान गर्दछ । अहिले साइवर हमलाको खतरा रहेको अवस्थामा सामससङको नक्स उपयोगी सिद्ध भएको छ । साइबर हमला गरी, प्रयोग कर्ताहरुको डाटाहरुलाई नष्ट गर्ने जालसाजीको घटना लगातार बढिरहेका छन् । सामसङ नक्सले लगातार सुरक्षा जाँच गर्दछ र मोबाइल फोनको प्रामाणिकता जाँच गर्दछ ।  

प्लेटफर्म स्तरदेखि अपरेटिङ सिस्टम प्रणालीको माध्यमबाट चलिरहेको र कुनै पनि नकारात्मक परिवर्तन पत्ता लगाई ग्राहकको डाटा सधैं सुरक्षित छ भनेर सुनिश्चित गर्दछ । यसले डाटालाई जहिले पनि सुरक्षित र कुनै पनि सम्भावित साइबर आक्रमणबाट बचाउन मद्दत राख्दछ ।  

निरन्तर गेमिंगको मज्जाः नयाँ एक्सिनस ८५०को प्लेटफर्म
ग्यालेक्सी ए२१एसमा, नयाँ एक्सिनस ८५० चिपसेट स्थापना गरिएको छ जुन एआइ पावर्ड गेम बुस्टर २.० को साथ उपलब्ध रहेको छ । यसले फ्रेम दर एवं स्टेविलिटिमा सुधार गर्दछ, र  म्याक्सिमम सेटिंग्समा पनि गेम खेल्दा ब्याट्री भने कम खपत गर्दछ ।  

अनलिमिटेड स्पेस, अनलिमिटेड सुविधास् ५१२ जिबीसम्म बढाउन सकिने
यसमा ६४ जिबी इन्टरनल भण्डारण रहेको छ जसलाई ५१२ जिबीसम्म बढाउन पनि सकिन्छ । यसबाट तपाइँले आफ्ना पुराना यादहरुलाई विना चिन्ता सदैव सुरक्षित रुपमा भण्डारण गर्न सक्नुहुने छ । यसका साथै थप सुविधा एवं सहजताको प्रदान गर्न  सामसङको  सिग्नेचर वान यूआई इन्टरफेसले उपभोक्ताहरूलाई एक हातले चलाउने तथा डार्क मोडको सुविधा प्रदान गरी थप सहजता प्रदान गरेको छ । ग्यालेक्सी ए२१एस फोनमा फेस रिकग्निसन तथा फिंगरप्रिन्ट पहिचान सेन्सर पनि उपलब्ध रहेको छ । यस फोनलाई केवल आफ्नो अनुहार अगाडि देखाए पछि यो आफै खुल्दछ, जसले गर्दा तुरून्त एवं  सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ । 

मूल्य तथा उपलब्धता
ग्यालेक्सी ए२१एस विभिन्न कालो, सेतो तथा निलो रंगमा उपलब्ध रहेको छ । यो फोन सेट जुलाई १५ तारिख, २०२० देखि नेपाल अधिराज्यभरका सामसङ ब्रान्ड स्टोरहरुमा उपलब्ध रहदै आएको छ ।  यो फोन ४/६४ जिबीमा उपलब्ध रहेको छ । यो फोनको मूल्य २४ हजार नौं सय ९९ तोकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप