केन्द्रीय संस्करण

बिहीबार कर्णालीमा सार्वजनिक बिदा

person explore access_timeअसार ३१, २०७७ chat_bubble_outline0

सुर्खेत । प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ । 

प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले धान दिवसका दिन असार १५ र चैत १२ (जुम्लामा मात्र), साउने सङ्क्रान्ति तथा देउडापर्वको अवसरमा साउन १, प्रदेश स्थापना तथा शहीद दिवस भदौ ४, चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र) असोज कृष्ण त्रयोदशी, माघे सङ्क्रान्ति माघ १, चैते दशैँ चैत शुक्लअष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको हो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.