शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंक मार्फत कर बुझाउदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

बुधबार, ३१ असार २०७७, १४ : ०९
बुधबार, ३१ असार २०७७

बिहीबारदेखि बैंकमार्फत कर बुझाउदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । 

साउन एक गतेदेखि मोबाइल एप्स तथा विद्युतीय माध्यमबाट कर बुझाउन तथा बैंकबाट कर बुझाउदा आय विरवण समेत बुझाउने व्यवस्था गराउन राष्ट्र बैंकले बाणिज्य बैंकलाई निर्देशन दिएको हो । 

राष्ट्र बैंकका निर्देशक रामप्रसाद गाैतमले जारी  गरेकाे सर्कुलरमा भनिएकाे छ,  ‘आय विवरण तथा कर दाखिला फारम (डे १ आय विवरण फारम) भराइ सोही बमोजिम गराउन जानकारी गराउँदछु ।’

यसले अब साना करदाताले मोवाइल एप्स तथा विद्युती माध्यमबाट कर तथा आय विवरण बुझाउन पाउने भएका छन् । 

आर्थिक वर्ष २०७७/०७८ को बुँदा नम्बर ३३३ मा साना करदाताले (वार्षिक २० लाखसम्मको कारोबार गर्ने) आय विवरण र कर मोवाइल एप्समार्फत तथा अन्य विद्युतीय माध्यममार्फत बुझाउन सक्ने र बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउने गरी व्यवस्था मिलाइने भनिएको थियो । सोही नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले बाणिज्य बैंकलाई भनेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप