शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीको प्रतिबन्ध हट्दा युरोपेली फुटबलमा कस्तो असर पर्छ ?

के फाइनान्सियल फेयर प्लेको औचित्य अन्त्य भएको हो ?
बुधबार, ३१ असार २०७७, १० : ४४
बुधबार, ३१ असार २०७७

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका लागि यस सिजन सबैभन्दा ठूलो नतिजा इतिहाद वा विम्बली रंगशाला आएन, बरु सोमबार बिहान स्विजरल्यान्डमा भएको सुनुवाइमार्फत आयो । यसअघि युरोपेली फुटबल एशोसियसन (युईएफए) अन्तर्गतका प्रतियोगिताहरुमा सिटीमाथि लागेको २ वर्षको प्रतिबन्ध सोमबार कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस् (सीएएस) ले खुकुलो गरिदियो । अब आगामी सिजनमा सिटीले च्याम्पियन्स लिग खेल्न पाउनेछ । आफ्ना प्रायोजन सम्झौतालाई बढी देखाएको आरोपबाट सिटी मुक्त भयो, यद्यपी उसले युईएफएका पदाधिकारीसँग समन्वय गर्न असफल भएकोमा १० मिलियन युरो जरिवाना तिर्नुपर्नेछ । यसअघि तोकिएको ३० मिलियन युरोको दाँजोमा यो निकै कम हो ।

यस निर्णयले सिटीलाई ठूलो राहत मिलेको छ । दुई वर्ष च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्दा सिटीलाई ठूलो आर्थिक क्षति हुने थियो भने ठूला स्टारलाई क्लबमै राख्न पनि मुस्किल पर्ने थियो । पछिल्लो एक दशकमा ४ पटक इङ्लिस प्रिमियर लिग र ६ पटक विभिन्न घरेलु कप जितेको सिटीको इज्जतमा पनि गम्भीर धक्का लाग्थ्यों । यी सबै खतराबाट सिटी मुक्त भएको छ, तर फुटबलको फाइनान्सियल फेयर प्ले नियममा यसको अर्थ के रहन्छ ?

यसबारे बीबीसीका स्पोर्टस् एडिटर डान रोअन भन्छन् –

पछिल्लो एक दशकमा सिटी इङ्लिस फुटबलमा प्रभावशाली शक्तिका रुपमा रहिआएको छ, तर यो जत्तिकै महत्व थोरैमात्र नतिजाले बोक्छन् ।

क्लबका लागि दुई वर्षको प्रतिबन्ध आर्थिक रुपमा निकै खराब हुनसक्थ्यों । आफ्ना स्टार खेलाडी र इज्जत जोगाउने मौका यी सबै हिसाबले खराब हुने थियो । सिटीले राहतको ठूलो सास फेरेहेको छ । बरु, अब अनिश्चितताले युईएफए र यसको फाइनान्सियल नियमलाई घेरेको छ । फाइनान्सियल फेयर प्ले (एफएफपी) को विश्वसनियता र औचित्यमाथि प्रश्न उठेको छ । आखिरमा विश्वको धनाढ्यमध्ये एक क्लबको अगाडि एफएफपी कसरी टिक्न सक्थ्यो ? युईएफएको अनुसन्धानमा बाधा सिर्जना गर्न खोज्ने, २०१४ मा नियम उल्लङ्घन गर्न दोषी पाइएको क्लब केवल १० मिलियन जरिवाना बुझाएर उम्किएको छ ।

धेरैजनाले अनौठो मान्नेछन् कि यस्तो निर्णयले अन्य क्लबलाई कस्तो कडाइ गर्नेछ, विशेषगरी आर्थिक रुपमा सुविधा सम्पन्न क्लबलाई । यसले देखाउँछ कि नियमक निकायलाई आफ्नो नियम लागु गर्नका लागि कति कठिन भएको छ ।

सीएएसले प्रयोग गरेको भाषा महत्त्वपूर्ण छ । युईएफएको सबै निष्कर्षलाई समर्थन गर्नका लागि सीएएसले ‘पर्याप्त र ठोस प्रमाण भेट्टयाएन’ अर्थात् ‘प्रमाण नभेटिएको’ होइन । र, केही आरोपहरु खारेज भए किनकी ती ५ वर्षभन्दा पुराना थिए । अनि, सिटीले समन्वय गर्न असफल भएको देखियो, यसमा पूर्ण माफीभन्दा केही कममात्रै सजाय भयो । 

र, समन्वय गर्न सिटी असफल भएको भेटियो, तर यसबारे सिटीले धेरै चिन्ता गर्नेछैन । र, यो कस्तो कथा बन्ला यदी उनीहरुले यसपछि पहिलोपटक च्याम्पियन्स लिगमा सफलता हासिल गरे भने ।

बीबीसी स्पोर्टस्का सिमोन स्टोन भन्छन् –

म्यानचेस्टर सिटीले दुई वर्षे आफ्नो प्रतिबन्धविरुद्धको अपिलमा सफलता हासिल गर्दैमा ‘जसले जे चाह्यो त्यही गर्नका लागि ढोका खुला नहुने’ मा युरोपेली फुटबलका जानकार विश्वस्त छन् । सीएएसको निर्णयबारे सिटीले खुसीयाली मनाइरहेका बेला युईएफएका भित्री व्यक्तिहरुले यसै फैसलाअन्तर्गतको सानो प्रिन्टबाट सान्त्वना लिइरहेका छन् । सिएएसले यो महसुस गरेको छ कि युईएफएको एफएफपी नियमले युरोपेली फुटबलमा आर्थिक सशक्तीकरण ल्याएको छ । सिटीले पनि यो स्वीकारेको छ कि उसले युईएफए वा नियमविरुद्ध उभिएको होइन, बरु यो पुरै तरिकाको प्रक्रिया हो जसमा आफुविरुद्ध नतिजा जाँदा सिटीमा विश्वासको कमी भयो ।

‘पछिल्लो केही वर्षयता फाइनान्सियल फेयर प्लेले क्लबहरुको रक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ र उनीहरुलाई आर्थिक रुपमा सक्षम बन्नका लागि, र, युईएफए र युरोपेली क्लब एशोसियसन आफ्ना मान्यताहरुमा प्रतिबद्ध छन्,’ विज्ञप्तिमार्फत् युईएफएले भनेको छ । ला–लिगाका अध्यक्ष जाभियर तेबास यस अवधारणामा सकारात्मक छन्, भलै निर्णयप्रति उनको सुरुवाती प्रतिक्रिया सिएएसप्रतिको आक्रमण थियो । अझै, युईएफए अध्यक्ष अलेकस्यान्दर सीफिरिनले नियमलाई लिएर ठूलो दुविधा सामना गर्छन् ।

एफएफपीका सवालमा युईएफएले यो निर्णय गरिसकेको छ कि कोरोना भाइरसका कारण २०२० र २०२१ का लागि एउटै खाता अवधिमा आर्थिक स्टेटमेन्ट हुनेछ । अब यो हेर्न बाँकी छ कि सिफिरिनले एफएफपीमा होलसेल परिवर्तन गर्न आवश्यक रहेको बताउँछन् वा नियम पर्याप्त भएकोमा जोड दिन्छन् । जुनसुकै बाटोमा गएपनि यसले फरक पार्दैन, एफएफीले काम गरोस् भन्नका लागि यस्तो गरिने हो । र, क्षतिलाई देखिनेगरी कम गरिएको छ, यसका लागि क्लबहरुका तर्फबाट विश्वको खाँचो छ ।

सेफिल्ड हालाम विश्वविद्यालयका फुटबल आर्थिक विज्ञ डाक्टर रोब विल्सन भन्छन् –

युईएफएका लागि अहिले आफ्नो फेस सेभ गर्न धेरै हतारो भइरहेको छ । सिटीले सिएएसमा अपिल लैजानुको अर्थ सायद उनीहरुले चाहनेभन्दा बढी अध्ययन यस विषयमा गरे भन्ने हो । र, उनीहरु रक्षात्मक रुपमा बाहिर आउनेछन् यो भन्नका लागि कि एउटा अवधारणाका रुपमा एफएफपीको महत्व सम्पूर्ण फुटबल उद्योगमा छ । यर्थाथ यही हो कि यदी सिटीले दुई वर्षको प्रतिबन्ध सामना गथ्र्यो भने उसले कम्तिमा १ सय ५० देखि २ सय मिलियन पाउन्डसम्मको च्याम्पियन्स लिगअन्तर्गतको पुरस्कार रकम गुमाउनेबारे देखिन्थ्यों । युईएफएका लागि आर्थिक मुल्य अझै कम छ, तर यसले अब युरोपेली फुटबल बजारमा एफएफपीलाई एक अवधारणाका रुपमा के गर्छ भन्ने हो र अब अन्य क्लबले आफ्नो फाइदाका लागि निश्चित मात्रामा यो नियम लागु गर्छन् वा गर्दैनन् भन्ने हो ।

जेएमडब्लयु स्पोर्टस् अधिवक्ता स्टेफेन टायलर हेल्थ भन्छन् –

वास्तविकता यही हो कि एफएफपी नियम स्पष्ट रुपमा काममा आउँछ । युईएफए आफैं यो देखाउनका लागि तथ्य तयार गरेको थियो छ कि २०११ मा ठूलो युरोपेली क्लबले सफलता पछ्याउने क्रममा ठूलो आर्थिक नोक्सानी व्यहोरेका थिए । एफएफपी नियम आर्थिक सचेतनाका लागि त्यहाँ छ ।

एउटा तर्क छ कि धेरै समर्थन पाउने क्लब, व्यापारिक रुपमा धेरै महत्त्व बोक्ने क्लबले एफएफपी नियमबाट फाइदा लिनेछन् किनकी तपाईंले प्रभावकारी रुपमा त्यही कुरामा लगानी गर्नुपर्ने आवश्यकता हुन्छ, जहाँ तपाईले कमाउनुहुन्छ । 

तर स्पष्ट रुपमा जब एफएफपीले एक अवधारणाका रुपमा काम गर्नेछ र युईएफएले प्रकाशित गरेअनुसार क्लबहरु निकै राम्रो आर्थिक अवस्था हुनेछन्, र यसले थप मैदान र ठूलो प्रतिस्पर्धातर्फ अग्रसर गराउनेछ ।

स्रोतः बीबीसी, गोल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप