यस्तो छ आजको बाढीको पूर्वानुमान
बुधबार, ३१ असार २०७७, ०८ : ०१
आज ठूला नदीहरुमा बहाव स्थिर छ र सतर्कता तहभन्दा तल नै छ । आगामी तीन दिन कोशी, नारायणी, कर्णाली,महाकाली,कन्काई,कमला, बागमती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने तर ठुलो बाढीको जोखिम नरहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तटिय क्षेत्रका कार्यहरू सतर्कता साथ गर्न सकिने
आज कन्काई, बागमती, तिनाउ, पश्चिम राप्तीका केहि साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने न्यून सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो रहेको छ बाढीको पूर्वानुमान