आजको मौसम : मनसूनी न्युन चापीय रेखा तराईबाट दक्षिणतिर सर्यो

हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै, मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिणतिर सरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
आज देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल–पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।
बिहिबार देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शुक्रबार पनि देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
सरकारको कामले गति लिन सकेन: महामन्त्री थापा
-
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
-
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
-
विद्रोहीद्वारा सुडानमा ४ सयभन्दा बढीको हत्या : राष्ट्रसंघ
-
आईसीसी पुरुष क्रिकेट समितिको अध्यक्षमा सौरभ गांगुली, अफगानिस्तानका महिला क्रिकेटरलाई विशेष सुविधा