शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोलखामा खोलाले बगाउँदा २ जना बेपत्ता

मङ्गलबार, ३० असार २०७७, २३ : १४
मङ्गलबार, ३० असार २०७७

दोलखा । दोलखाको विगु गाउँपालिका–२ ओराङमा खोलाले बगाउँदा एक दाम्पती बेपत्ता भएका छन् । विगु गाउँपालिका–२ ओराङ टाइवा निवासी ६५ वर्षीय रामजी विक र उनकी ६० वर्षीया श्रीमती बुद्धिमाया विकलाई खोलाले बगाउँदा बेपता भएको आफन्त उद्धव विकले जानकारी दिए । 

सोमबार बिहान घरदेखि तल खेतमा गएका ती दम्पती बीचमा रहेको टाइवा खोलाले बगाएको हुनसक्ने आफन्तहरुले बताएका छन् । सोमबार बिहान ती दम्पती खेतमा गएको र हालसम्म बेपत्ता रहेको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ । 

घटनास्थल पुगेको असई कैलाशकुमार श्रेष्ठको टोलीले टाइवा खोलादेखि तातोपानी दोभानसम्म खोजी गरेको र फेला नपरेको तथा खोजी भइरहेको जनाएको छ । इप्रका सिङ्गटीका प्रहरी निरीक्षक सुनजीत तामाङले बेपत्ता भएको पुष्टि भए पनि खोलाले नै बगाएको प्रमाण नभेटिएको बताए । दाम्पतीको चार छोरीहरु रहेको र सबैको विवाह भइसकेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप