नेको इन्स्योरेन्सले कृषि विकास बैंकलाई बुझायो एक करोडको बीमालेख
काठमाडौं । निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले बैंकरको क्षतिपूर्ति बीमालेख अन्तर्गत दावी निर्धारण प्रकृयामा रहेकोले हाल पेश्की स्वरुप अग्रिम भुक्तानी बापत एक करोड हस्तान्तरण गरेको छ ।
कृषि विकास बैंकको लहान शाखामा जालसाजी तथा बेइमानीको कारणबाट बैंकलाई हुन गएको हानी नोक्सानीको बैंकरको क्षतिपूर्ति बीमालेख अन्तर्गत दावी निर्धारण प्रकृयामा रहेकोले हाल पेश्की स्वरुप अग्रिम भुक्तानी बापत एक करोडको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले कृषि विकास बैंकका उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र बजार तथा शाखा ब्यवस्थापन विभागका विभागीय प्रमुख अजय रिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
सो चेक हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा कम्पनीका संचालक धु्रबचन्द्र गौतम र प्रमुख ब्यवसाय अधिकृत विशाल कुमार थापाको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ