शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेको पदावधि थपियो

मङ्गलबार, ३० असार २०७७, १९ : ५८
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई पुन नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । असार मसान्तमा पाण्डेको कार्यकाल सकिँदै थियो ।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका पाण्डेले १९८७ मा एनआइडीसी हुँदै तत्कालिन इन्डोस्वेज बैंकमा जागिर सुरु गरेका थिए । इन्डोस्वेज बैंकमा काम गर्दा गर्दै हिमालयन बैंकमा सन् १९९२ देखि २००२ सम्म काम गरेका थिए । 

कोलकाताबाट स्नातक गरेका पाण्डेले युनिभर्सिटीबाट एमबीए गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप