केन्द्रीय संस्करण

सरकारद्वारा विभिन्न स्रष्टा पुरस्कृत

person explore access_timeअसार ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ द्धारा विभिन्न स्रष्टालाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमबीच वरिष्ठ नाटककर्मीहरु रामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी प्रधानलाई पुरस्कृत गरेको हो । 

पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ । ती सबै पुरस्कार पर्यटनमन्त्री भट्टराईले समर्पण गर्दै नेपाली नाट्य सङ्गीत क्षेत्रको प्रवद्र्धनका निम्ति पुरस्कारले हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनमा भएको उक्त कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न स्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताए ।

उनले मुलुकको सांस्कृतिक रुपान्तरणमा स्रष्टाहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि थप सक्रियताका देखाउन आग्रह गरे । कला, संस्कृतिको संरक्षण प्रवद्र्धनका निम्ति मन्त्रालयले विशेष ध्यान दिएको पनि मन्त्री भट्टराईको भनाइ थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.