कोभिड रोकथाम कोषका लागि सूर्य नेपालको १ करोड
कास्की । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रालिले रु १ करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले आज प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेशमा रहेको ठूलो प्रालिले कोभिड– १९ रोकथामका लागि दिएको सबैभन्दा ठूलो आर्थिक सहयोगले रोगविरुद्ध लड्ने दृढतामा बल पुगेको बताए । प्रमुख यादवले कोभिड–१९ को रोकथामका लागि सरकारको कोषमा रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व वहन गरिएको स्पष्ट पारे ।
प्रदेश कोभिड रोकथाम कोषमा हालसम्म रु ३३ करोड तीन लाख १२ हजार ३९८ जम्मा र रु १८ करोड ५४ लाख ६६ हजार ५०० खर्च भएको प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा प्रमुख दुर्योधन गिरीले जानकारी दिए । उनका अनुसार कोषमा हाल रु १४ करोड ४८ लाख ४५ हजार ८९८ मौज्दात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा