बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बबई नदीको बाढीमा बेपत्ता दम्पतीमध्ये एकको शव फेला

मङ्गलबार, ३० असार २०७७, १८ : २८
मङ्गलबार, ३० असार २०७७

बर्दिया । बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर बेपत्ता दम्पतीमध्ये एक जनाको शव फेला परेको छ । केही दिनअघि ठाकुरबाबा नगरपालिका– ४  बगनाहाको एक दम्पती नदीमा बेपत्ता भएको थियो । 

पत्नी २६ वर्षीया राजकुमारी थारुको शव आज मधुवन नगरपालिकाको सीमामा पर्ने बबई  नदीको कुसुम्बाघाटमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक कलाधर सापकोटाले जानकारी दिए ।

पति ३२ वर्षीय जितबहादुर भने अझै बेपत्ता रहेको र उनको खोजी जारी रहेको  प्रहरी कार्यालयले जनाएको छ । बबई किनारमा रहेको दाउरा सङ्कलन गरेर घर फर्कने क्रममा नदीमा आएको बाढीमा बगेर सो दम्पती बेपत्ता भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप