
बाँकेमा घुस रकमसहित अधिकृत पक्राउ

बुटवल । घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओली घुस रकमसहित पक्राउ परेका छन् ।
ठेक्कापट्टाको अनुमति पत्र (लाईसेन्स) बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस वापतको रकम लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो ।
ओलीले ९६ हजार ३ सय रुपैयाँ लिइसकेपछिको अवस्थामा पक्राउ गरिएको आयोग कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले रातोपाटीलाई जानकारी दिए । ओलीलाई थप अनुसन्धानको लागी बुटवल ल्याइँदैछ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ