केन्द्रीय संस्करण

स्याङजामा पहिरो, १ जनाको मृत्यु, ३ जना बेपत्ता

person explore access_timeअसार ३०, २०७७ chat_bubble_outline0

स्याङजा । कालीगण्डकी गाउँपालिका–४ खहरेमा पहिरोमा परेर ६५ वर्षीय इमानसिंह रानाको मृत्यु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा माथिबाट गएको पहिरोले थापासहित पाँच जनालाई पुरेको थियो भने एकजना भागेर ज्यान जोगाएका छन् । तीनजना अझै पहिरोमा परेर बेपत्ता भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

पहिरोमा पुरिएका ६५ वर्षीय इमानसिंह रानाको बिर्घा स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमा वडा नं ४ का ६८ वर्षीय होमनाथ पाण्डे र सोही वडाका ५५ वर्षीय वीरबहादुर रानाको बिर्घा स्वास्थ्य चौकीमा उपचार तथा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

खोलामा आएको बाढिले धार परिवर्तन गर्दा चार घर विस्थापित हुने अवस्था आएकाले विस्थापित परिवारलाई राख्ने स्थानका बोरमा खोजी भइरहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.