प्रदेश नम्बर १ मा संशोधन प्रस्ताव पारित
विराटनगर। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६’ को पहिलो संशोधनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव आज सदनमा पेस गरेका थिए ।
उनले १० महिनाअघि बनेको यो ऐनलाई अझ समृद्ध र बलियो गर्न आवश्यक भएकाले संशोधनको प्रस्ताव गरेको बताए । जरिवाना र नवीकरणजस्ता विषयमा तत्काल संशोधन गर्न आवश्यक भएको तथा ऐनलाई जनमैत्री बनाउन संशोधन आवश्यक रहेको बताए ।
प्रदेशसभाको सोही नियमावलीबमोजिम संशोधनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्य केदार कार्कीले कुनै पनि ऐन हतारमा ल्याउन नहुने भन्दै ऐनले जनतालाई सेवा र सुविधामा पहुँच पु¥याउने किसिमको हुनुपर्ने बताए ।
अर्का सदस्य श्रीप्रसाद मैनालीले प्रदेश सवारी तथा यातायात ऐनले प्रदेश सरकारलाई धेरै मद्दत गर्ने भएकाले यसमा मन्त्रालयले सुझबुझका साथ गर्न लागेको संशोधनप्रति धन्यवाद दिए । प्रदेशसभाको अर्को बैठक आगामी साउन २ गते दिउँसो १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...