पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६ जनाले जिते कोरोना
पोखरा । पोखरा स्वास्थ्य विज्ञानको आइसोलेसन कक्षमा उपचाररत ६ जनाले कोरोना जितेका छन् । कास्कीका ५ र स्याङ्जाका १ गरि ६ जना संक्रमित निको भएर घर फर्किएका हुन् । थप ६ जनाले कोरोना जितेर घर फकिएसँगै गण्डकीमा कोरोना जित्नेको संख्या ७ सय ८५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यकाअनुसार आइसोलेसन कक्षमा उपचाररत ६ जना संक्रमित मंगलबार निको भएर डिस्चार्ज भएका छन् ।
उनका अनुसार कोरोना जितेर घर फर्किनेमा माछापुछ्रे गाउँपालिका ९ का ३३ वर्षिय पुरुष, स्याङ्जा वालिङका २६ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिका ११ कास्कीका २६ वर्षिय पुरुष, पोखरा ६ कास्कीका ३६ वर्षिय पुरुष । यसैगरि, पोखरा ६ कै १६ वर्षिय पुरुष र पोखरा पोखरा १७ कास्कीका ८९ वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएको निर्देशक डाक्टर आचार्यले जानकारी दिए ।
गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ११ सय ९९ पुगेको पछिल्लो अपडेटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति