शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हराएका मोटरसाइकल खोज्न सादा पोसाकमा ट्राफिक प्रहरी, २५ वटा मोटरसाइकल फेला

मङ्गलबार, ३० असार २०७७, १६ : १८
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न मितिमा विभिन्न स्थानबाट हराएका २५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटाइएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाईकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
महाशाखाका अनुसार उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिखाटार, नयाँबजार, ठमेल, सरस्वतीनगर, सामाखुसी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, ठमेल, टोखा, बाँनियाटार, टिचिङ अस्पताल, कोटेश्वर, गौरीधारा, कुमारीपाटी गोकर्णेश्वरलगायतका स्थानबाट हराएका मोटरसाइकल फेला पारी मंगलबार आज सम्बन्धित धनीलाई बुझाइएको हो । 
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएका हुन् । उनले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए ।
सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलार्म लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकैछिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि उनले सुझाव दिए ।
महाशाखाका अनुसार सुशील मानन्धर, रोशना निरौला, बुद्ध तामाङ, प्रविन कुमार थापा, महेश कार्की, अभिशेक गुरुङ, सुवर्णमान तुलाधर, आशिष गुरुङ, दिपक जैशवाल, हलुङ्ग राई, प्रकाश बलामी, बिमल गुरुङ, राज कुमार तामाङ, राजिव मैनाली, सुष्मा नगरकोटी सुनार, प्रशान्त चौधरी, भिम बहादुर महर्जन, सुरज विश्विकर्मा, भुपेन्द्र प्रसाद चौलागाई, दिपक मानन्धर, सुन्दर श्रेष्ठ, पञ्च बहादुर राई, प्रशन गुरुङ, नगेन्द्र शाही र मिलन सुनुवारका मोटरसाईकलहरु फेला पारेर जिम्मा लगाइएको हो ।
महाशाखाले चालु आर्थिक वर्षमा चोरी भएका ३६८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको जनाएको छ । मोटरसाइकल चोरीमा संलग्न ३७ जनालाई पक्राउ गरी आवश्यक कारावाही गरिसकेको महाशाखाको भनाइ छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप