शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमलाको ‘तरंग’ सार्वजनिक

मङ्गलबार, ३० असार २०७७, १६ : ०७
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग (द वेभ) सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बीच अमेरिकाका लागि नेपाली राजदूत डा .अर्जुन कार्कीले एल्बम सार्वजनिक गरे । कार्यक्रम जुम मिटिङ मार्फत आयोजित गरिएको थियो ।

२ दशकदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपानेले साहित्यतर्फ गीत, कविता, मुक्तक र गजलमा समेत कलम चलाएकी छन् । कार्यक्रम गीतकार न्यौपानले तरंग एल्बममा मानिसका जीवनमा आइपर्ने सुख दुःख, आरोह अबरोह, हाँसो, रोधन, मिलन, बिछोड, प्रेम, त्याग लगायतका गीत रहेको बताइन् । गीतकार न्यौपाने पेशाले नर्स हुन् ।

उक्त कार्यक्रममा डा. केशव भट्टराई, लेखिका निलम कार्की निहारिका, वरिष्ठ संगीतकार आलोकश्री, संगीतकार अम्बर तंबापो सुब्बा, रीमा श्रेष्ठ र कुशल गुरुङले एल्बमको सफलताको लागि शुभकामना दिएका थिए । 

गीतकार तथा संगीतकार येदीन गजमेरको एकल संगीत रहेको एल्बमका गीतहरुमा रामकृष्ण ढकाल (मेरो झण्डा), स्वरूप राज आचार्य (धुवा धुवा), मेलीना राई र अनुप रेग्मी (होली रंग), बानीका प्रधान (सुनौलो बिहानी) कर्णवीर (रिमा रिमा), अनुप रेग्मी र मिलन नेवार (एक कदम) स्वर रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप