शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाद्वारा महिला सहकारीलाई कम्प्युटर प्रदान

मङ्गलबार, ३० असार २०७७, १५ : ५५
मङ्गलबार, ३० असार २०७७

भरतपुर । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम अन्तरगत महानगरपालिका भित्र सञ्चालित महिला सहकारीलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । 
महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले आज (मंगलबार) महानगर भित्रका सात वटा सहकारी संस्थालाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेका हुन् । 
 महिला सहकारीहरुको क्षमता अभिवृद्धिमा टेवा पुगोस् भन्ने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको नगर प्रमुख दाहालले बताइन् । 
महानगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख दुवै जना महिला भएकाले महिलाहरुको जीवनस्तर उकास्न तथा रोजगारी सिर्जना गर्न आफूहरु सधैँ तत्पर रहेको दाहालको भनाइ छ । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महिला सहकारीहरुको सेवा अन्यको भन्दा गुणस्तरीय हुनुपर्नेमा जोड दिए । 
कम्प्युटर तथा प्रिन्टरका लागि आवेदन परेका सबै महिला सहकारी संस्थाहरुलाई सामग्री प्रदान गरिएको भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका सहकारी अधिकृत रामबाबु पौडेलले बताए । सहकारी संस्थाहरुलाई नाइन्थ जेनेरेशनको ब्राण्डेड कम्प्युटर तथा फोटोकपी, प्रिन्ट र स्क्यान गर्न मिल्ने प्रिन्टर प्रदान गरिएको पौडेलको भनाइ छ । ती सामग्रीको लागि भरतपुर महानगरपालिकाको ७५ प्रतिशत तथा महिला सहकारी संस्थाको २५ प्रतिशत लगानी रहेको पौडेलले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप