अमेरिकाबाटै निर्देशक भट्टराईले निश्चललाई भने- ‘राजेश हमालको अभिनय मापन गर्ने अधिकार छैन’
काठमाडौं । निर्देशक श्याम भट्टराईले अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई राजेश हमालको अभिनय मापन गर्ने अधिकार नभएको बताएका छन् । सामाजिक सञ्जालमा एक आक्रोसपूर्ण पोष्ट गर्दै निर्देशक भट्टराइले अश्लिल शब्द बिना चलचित्र निर्माण गरेर देखाउन बस्नेतलाई चुनौती समेत दिएका छन् ।
को हो त्यो निश्चल बस्नेत ? प्रश्नसहित लेख्न सुरु गरेका भट्टराइले राजेश हमालको हैसियतको बारेमा बोल्ने निश्चलको कुन फिल्म हिट भयो भन्ने प्रश्न समेत खडा गरेका छन् । ‘अश्लिल शब्दलाई निकालेर फिल्म बनाएर, चलाएर देखाउ अनि बोल’ उनले अगाडि भनेका छन्– ‘तिमी र तिम्रो बुढीको पासपोटको कपी पनि मसँग छ । धेरै नबोल ।’ भट्टराइले कहाँबाट पाध्ने र कहाँबाट छाध्ने आफुलाई नसिकाउन समेत भनेका छन् ।
निर्देशक श्याम भट्टराई पछिल्लो समय अमेरिकामा छन् । आधा दर्जन फिल्म निर्देशन गरेका भट्टराईले राजेश हमालको बिषयमा निश्चलले बिभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता चित्त नबुझेर आफुले सामाजिक सञ्जालमा उक्त पोष्ट लेखेको बताए । ‘मेरो निश्चलसँग व्यक्तिगत रुपमा केही दुश्मनी छैन । तर उनले विभिन्न सञ्चारमाध्यममा राजेशका कुन फिल्म हिट छ भनेको चित्त बुझेन’ भट्टराइले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण