केन्द्रीय संस्करण

मेलम्चीको बाँध फुट्दा इन्जिनियरसहित दुई बेपत्ता, दुई जना घाइते

person explore access_timeअसार ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको १७ नम्बर गेट भत्किँदा सिन्धुपाल्चोकमा एक इन्जिनियरसहित २ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजीकार्य जारी रहेपनि हालसम्म फेला नपरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रातोपाटीलाई जानकारी दिए । उनले इन्जिनियर शतिश वैद्य र  चालक राधाकृष्ण थापा  खोलामा बगेर बेपत्ता भएको भन्दै उनीहरुको खोजीकार्य जारी रहेपनि हालसम्म फेला पर्न नसकेको बताए । 

यस्तै घटनामा घाइते भएका इन्जिनियर शेखर खनाल र सर्भे असिस्टेन्ट पेम्बा दोर्जे तामाङलाई उपचारका लागि काठमाडौं पठाइएको उनले बताए । आयोजनाको सुरुङमा पठाइएको पानीको अवस्था हेर्नका लागि जाँदा एकाएक बाँधको १७ नम्बर गेट भत्किन पुगेको थियो । सो क्रममा एउटा गाडी समेत बगाएकाे छ ।

केही दिनअघि मात्रै मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.