सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो

सिंगापुर । कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो ।
अघिल्लो वर्षको तुलनामा अप्रिल र जुन महिनाको अवधिमा १२।६ प्रतिशत अर्थतन्त्र खुम्चिएको सिंगापुरको व्यापार मन्त्रालयले जनाएको छ । सिंगापुरमा कोरोनाभाइरससँग जुध्न सरकारले लकडाउनजस्ता कडा कदम चालेका कारण पनि अर्थतन्त्रमा व्यापक असर परेको हो ।
विगत एक दशकको अवधिमा पहिलो पटक सिंगापुरको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो चौमासिक अवधिमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा यतिठूलो गिरावट आउनुको मुख्य कारण गत अप्रिल ७ देखि जुन १ सम्म कोरोनाभाइरसको प्रसार रोक्न चालिएका कडा कदमहरु जिम्मेवार रहेको मन्त्रालयको भनाई छ ।
मन्त्रालयका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै आर्थिक गतिविधि स्थगित गरिएका थिए । साथै विश्वका सबैजसो मुलुकको आर्थिक स्थिति कमजोर भएकाले पनि बाह्य मागमा व्यापक गिरावट आएको मन्त्रालयले जनाएको छ ।
विश्व अर्थतन्त्र मापनको सुइरोको रुपमा रहेको सिंगापुरको पछिल्लो आर्थिक परिदृश्यले कोविड–१९ का कारण विश्वको अर्थतन्त्रमा निकै ठूलो असर परेको देखिने विज्ञहरुको भनाई छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई