शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली–प्रचण्ड वार्ता भोलि पनि जारी राख्ने

मङ्गलबार, ३० असार २०७७, १४ : ३५
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबारको वार्ता सकिएको छ । 

बालुवाटारमा ५ दिनपछि मंगलबार दुई अध्यक्षबीच करिव एक घण्टा वार्ता भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । 

‘भोलि पुनः वार्तामा बस्ने कुरा भएको छ । अरु केही भएको छैन’, सापकोटाले भेटवार्ताबारे रातोपाटीसँग भने । 

स्रोतका अनुसार मंगलबारको ओली–प्रचण्ड वार्ता विगतकै निरन्तरताका रुपमा मात्रै रहेको बुझिएको छ । 

नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेको छ भने ओली राजीनामा नदिने पक्षमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप