उपेन्द्र यादवले भने- ‘सरकारलाई हटाउनु नै जनताको हितमा हुन्छ’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छिमेकी मुलुक र अन्य राष्ट्रहरुसँग सम्बन्ध विगारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई संकटग्रस्त बनाएको प्रतिकृया दिएका छन् ।
प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि अध्यक्ष यादवले आज यस्तो प्रतिकृया दिएका हुन् । यस्तो अवस्थामा छिमेकी मुलुकसँग सम्बन्ध बिगारेर देशको लागि यो सरकार अभिसाप भएको भन्दै सरकारलाई हटाउनु नै जनताको हितमा हुने प्रतिकृया दिए ।
देश अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबानमा परेको उल्लेख गर्दै उनले बाढीले गर्दा धेरै जना हराएका, घरबारबिहीन भएका र धेरै कृषि वाली नष्ट भएको अवस्थामा सरकारले कुनै राहतका कार्यक्रम ल्याउन नसकेको आरोप समेत लगाए । उनले भने- ‘कोरोना महामारीसँगै झाडा पखालाले समेत मानिसहरु अत्यन्त पीडित भइरहेका छन् । सरकारले त्यसका लागि ठोस रुपमा नीति, कार्यक्रम र राहतका योजना ल्याउन सकेन ।’
देश महामारीबाट गुज्रिरहेका बेला सरकारले सबै शक्तिहरूलाई साथमा लिएर जनताको धन र जीवन रक्षा गर्नका लागि लाग्नुपर्ने तर आफ्नै पार्टी र विपक्षीहरुसँग सहकार्य गर्न समेत असफल भएको उनले टिप्पणी गरे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
सहकारीको सम्पत्ति बेचर ५ लाख रुपैयाँसम्मको बचत फिर्ता दिन सुझाव
-
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
-
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू