शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले भने- ‘सरकारलाई हटाउनु नै जनताको हितमा हुन्छ’

मङ्गलबार, ३० असार २०७७, १३ : ३३
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छिमेकी मुलुक र अन्य राष्ट्रहरुसँग सम्बन्ध विगारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई संकटग्रस्त बनाएको प्रतिकृया दिएका छन् ।

प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि अध्यक्ष यादवले आज यस्तो प्रतिकृया दिएका हुन् । यस्तो अवस्थामा छिमेकी मुलुकसँग सम्बन्ध  बिगारेर  देशको लागि यो सरकार अभिसाप भएको भन्दै सरकारलाई हटाउनु नै जनताको हितमा हुने प्रतिकृया दिए ।

देश अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबानमा परेको उल्लेख गर्दै उनले बाढीले गर्दा धेरै जना हराएका, घरबारबिहीन भएका र धेरै कृषि वाली नष्ट भएको अवस्थामा सरकारले कुनै राहतका कार्यक्रम ल्याउन नसकेको आरोप समेत लगाए । उनले भने- ‘कोरोना महामारीसँगै झाडा पखालाले समेत मानिसहरु अत्यन्त पीडित भइरहेका छन् । सरकारले त्यसका लागि ठोस रुपमा नीति, कार्यक्रम र राहतका योजना ल्याउन सकेन ।’ 

देश महामारीबाट गुज्रिरहेका बेला सरकारले सबै शक्तिहरूलाई साथमा लिएर जनताको धन र जीवन रक्षा गर्नका लागि लाग्नुपर्ने तर आफ्नै पार्टी र विपक्षीहरुसँग सहकार्य गर्न समेत असफल भएको उनले टिप्पणी गरे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप