शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघले भन्यो, 'सक्नेले बैंकको ब्याज र किस्ता तिर्नू '

मङ्गलबार, ३० असार २०७७, १२ : ५५
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायीक कर्जाको बैकिङ किस्ता र ब्याज तिरिदिन आग्रह गरेको छ । 

महासंघले कोभिड-१९ का कारण व्यापार व्यवसाय चौपट भएर आर्थिक अवस्था कमजोर भएका बाहेक सबल भएका व्यवसायीहरुलाई बैंकको किस्ता र ब्याज तिरिदिन आग्रह गरेको हो ।

तर आर्थिक अवस्था अत्यन्त कमजोर भएका र बैकिङ किस्ता ब्याज चलाउन नसक्ने अवस्थामा रहेकाहरुलाई भने महासंघले नआत्तिन भनेको छ ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस्तो धारणा सार्वजनिक गरेको हो ।

व्यवसायीहरुको समस्या र हकहितका लागि सदैव लागि रहने भन्दै महासंघले सो पक्षमा समेत सरकारसँग लबिङ गरिरहेको महासंघले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप