शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५ दिनपछि ओली–प्रचण्ड आज वार्ता, जुट्ला त सहमति ?

मङ्गलबार, ३० असार २०७७, १२ : १३
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार वार्ता हुने भएको छ । ओली प्रचण्डबीच गत बुधबारयता वार्ता हुन सकेको छैन । गत बुधबार बिहीबार बस्नेगरी छुटेका दुई बिहीबार बस्दै नबसी शुक्रबारको स्थायी समिति बैठक स्थगित गरेका थिए ।

बाढी पहिरोका कारण एक साताका लागि बैठक स्थगित गरेर नेकपाले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा केन्द्रीत रहन निर्देशन दिएको थियो । 

त्यसलगत्तै शनिबार अध्यक्ष प्रचण्ड चितवन गएर सोमबार काठमाडौ फर्केका छन् । 

गत असार १० गतेबाट जारी सो पार्टीको स्थायी समिति बैठकमा ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो । 

जसले पार्टी नै विभाजनको संघारमा पुगेको भन्दै नेताहरुले दुई नेतालाई सम्बादमार्फत निकास खोज्न दवाव दिँदै आएका छन् । 

सोही अनुसार ओली र प्रचण्डबीच पटक पटक वान टु वान वार्ता भएपनि ओली कुनै हालतमा राजीनामा दिन तयार भएका छैनन् । बहुमत स्थायी समिति सदस्यको मागविपरित ओलीले अडान नछाडेपछि विवाद थप पेचिलो बन्दै आएको थियो । 

गत बुधबारबार दुई नेताबीच भएको वार्तापछि दुवै नेताबीच पुन अर्को वार्ता नहुनु र त्यसपछि दुवै नेताले दिएका अभिव्यक्तिले उनीहरुबीच कुनै गोप्य सहमति भएको हो कि ? भन्ने आशंका समेत हुन थालेको छ । चितवन पुगेर प्रचण्डले दिएको अभिव्यक्ति र देशवासीका नाममा ओलीले दिएका अभिव्यक्तिले उनीहरुबीच कुनै सहमति भएको हो कि ? भन्ने आशंकालाई बल पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप