सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संङ्ख्या १ हजार ५१३

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुने संक्रमितको संख्या १ हजार ५१३ पुगेको छ ।
सोमबार मात्र कैलालीको टिकापुरबाट १७ जना निको भएर घर गएपछि निको हुनेको सख्या १ हजार ५१३ पुगेको हो । यस अघि भने ८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
त्यसैगरी बिभिन्न प्रयोगशालाबाट गरिएको परिक्षण बाट १५ जना कोरोना संक्रमित पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए ।
कैलालीमा ७ पुरुष,३ महिला,अछाम १ पुरुष बैतडी १ पुरुष,१ महिला र बझाङ्ग १ पुरुष , १ महिलामा संक्रमण पुष्टि भएको उनले बताए । यो संगै सकृय संक्रमित २ हजार २६२ पुगेको काक्रीको भनाई छ । पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढ्न थालेको उनले बताए ।
प्रदेशमा हालसम्म २६ हजार ७६२ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २२ हजार ९७९ मा नेगेटिभ आएको उनले बताए ।
६ सय १ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १८ हजार २९२ जनामा परिक्षण गरिएको छ ।
हाल सम्म फेला परेका संक्रमितहरु अछामका ५९३, बैतडीका ३००, बझाङ्गका १६२ ,बाजुरा ४४६, डडेल्धुराका २७५, दार्चुलाका २०, डोटीका ५३५ , कैलालीका १००६ र कंचनपुरका ४४६ गरि ३ हजार ७८३ रहेका छन । जस्मा महिला ८७२ र पुरुष २ हजार ९११ संक्रमित फेला परेका हुन् ।
क्वारेन्टिनमा ४ हजार ६१३ पुरुष र १ हजार ५७८ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ६१ गरी ७५ जनाको उपचार भईरहेको छ ।
७३८ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ७, टिकापुरमा २१, महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भई रहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार