मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुखुरापालनमा सुधारको लक्षणः चल्लाको बिक्री बढ्यो, मासु र अण्डाको मूल्य आकाशियो

मङ्गलबार, ३० असार २०७७, ०६ : ४३
मङ्गलबार, ३० असार २०७७

चितवन – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको छ ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार चैतको सुरुदेखि नै समस्या देखिएको व्यवसायमा असारको आधाआधीमा आइपुग्दा केही आशा पलाएको छ । उत्पादन कम भए पनि बोइलर पालकले उत्पादनको मूल्य पाउन थालेका छन् । 

अण्डाका बिक्री राम्रै छ । चल्लाको उत्पादन र खपत सुरु भएको छ ।
अध्यक्ष विष्टको भनाइलाई आधार मान्दा सुरुवातका दिनमा कोभिड–१९ सङ्क्रमण माछा, मासुसँग जोडियो । पोल्ट्री उत्पादन, दानाको कच्चा पदार्थको अभावसँगै मूल्यमा वृद्धि र ढुवानीको समस्याले पिरोलियो । उत्पादन एक ठाउँबाट अर्को ठाउँमा लैजानसक्ने वातावरण बनेन । समस्या र अभाव झेल्न नसकेका कारण किसानले माउ कुखुरासमेत बिक्री गरे । त्यही कारण यतिबेला उत्पादनमा कमी आएको छ ।

पछिल्लो समयमा रोग प्रतिरोध शक्तिका लागि प्रोटिनको आवश्यकता पर्छ भन्ने भयो । त्यसपछि अण्डा र मासुको खपतमा केही सुधार सुरु भएको विषयमा उनले थपे, “केही समययता मासु र अण्डाको माग बढ्न थालेको छ तर हामीसँग पर्याप्त उत्पादन हुन नसकिरहेको अवस्था छ । यस्तो अवस्थामा मूल्य केही बढ्नु स्वाभाविक हो । ” यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ता अधिकारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप