थोकमा सस्तो, खुद्रामा छोइनसक्नु तरकारी
काठमाडौं – कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ । गोलभेँडा मात्रै होइन हरेक तरकारीको भाउ यसैगरी महँगो भएको छ । यसको प्रत्यक्ष मारमा आमसर्वसाधारण उपभोक्ता परेका छन् ।
तरकारीका खुद्रा व्यापारीले सार्वजानिक सवारीसाधन नचलेको बहाना बनाउँदै मनलाग्दी भाउमा तरकारी बिक्री गर्न थालेपछि यसको मारमा उपभोक्ता परेका हुन् । त्यसो त कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको यस अवधिको तुलनामा अहिले हरेक तरकारीको भाउ सस्तो भएको छ तर खुद्रा बजारमा तरकारी छोइनसक्नु छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले थोक बजारमा अघिल्ला वर्षहरूको तुलनामा अधिकांश तरकारीको भाउ सस्तो भएको दाबी गरे । उनका अनुसार बजारमा दैनिक साढे पाँच सय टन मात्रै तरकारी आउँदा पनि माग कम भएर होला थोक बजारमा भाउ सस्तो छ ।
कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले थोक बजारमा तीन÷चार वर्षयताकै तुलनामा अहिले तरकारी भाउ सस्तो भएको दाबी गरे । उनले बन्दाबन्दीका कारण बजारमा तरकारी कम आपूर्ति हुँदासमेत खरिद मूल्य पाउन गाह्रो भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केएमसीमा कोरियन विश्वविद्यालयहरूसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
-
नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख
-
जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री
-
२०८२ साल असोज १६ गते दसैँको टीका, यस्तो छ चाडपर्वको तिथि–मिति
-
अमेरिकामा स्वास्थ्य मन्त्री बने रोबर्ट एफ केनेडी
-
भारतमाथि पारस्परिक कर लगाउने ट्रम्पको घोषणा