जहाजमा यात्रुलाई स्वागत गर्न आतुर छौंः विरेन्द्र बहादुर बस्नेत

काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जहाजमा यात्रुलाई स्वागत गर्न आतुर रहेको बताएका छन् । एयरलाइन्सको वेवसाइट तथा सामाजिक संजालमार्फत एक भिडियो सन्देश जारी गर्दै बस्नेतले उडानका लागि बुद्ध एयर तयार रहेको र समस्त यात्रुवर्गलाई जहाजमा स्वागत गर्न आतुर भएको बताएका हुन् ।
कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द रहेका एयरलाइन्स अव उडान भर्ने तयारी गर्न थालेका छन् । तर, सरकारले भने कहिलेबाट हवाई सेवा सुचारु गर्ने भन्नेबारे कुनै निर्णय गरेको छैन । सार्वजनिक यातायात संचालन गर्न निर्देशन दिइसके पनि सरकारले नियमित उडानको अनुमति भने अझै दिएको छ्रैन ।
अहिलेको परिस्थिती फेरिएको छ । मास्क, स्यानिटाइजरसँगै शारीरिक दुरी पनि अव अनिवार्य बनेको छ । यसलाई अवलम्बन गर्दै नियमित उडानको लागि तयार रहेको बुद्धले बताएको छ ।
बुद्धले लामो लकडाउनका बीचमा पनि निरन्तर जहाजलाई मर्मतसम्भार तथा विशेष सरसफाई गरिरहेको जनाएको छ । संक्रमणरहित उडानका लागि कोभिड १९का नियम तथा निर्देशिकाहरु, अन्तर्राष्ट्रिय मापदण्डहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको निर्देशानुसार हवाई सेवा दिन तयार रहेको बुद्धले जनाएको छ ।
बुद्धले केही सातादेखि नियमित पूर्व अभ्यास पनि गरिरहेको छ । यस अभ्यासमा ग्राउण्ड स्टाफ, विमान परिचारिका, पाइलट, टेक्निकल टिमलगायत सहभागि छन् । कर्मचारीले प्रोटोकलअनुसारको तालिम लिएर आवश्यक पीपीईलगायत प्रयोगमा ल्याएका छन् । जहाज, र्याम बस, व्यागेज ट्र्ली, टिकट काउन्टर लगायतका स्थान रेगुलर सरसफाई तथा स्यानिटाइज गर्ने गरेको कम्पनीले जनाएको छ ।
संक्रमणरहित उडानका लागि बुद्धको मात्र तयारीले नपुग्दैन भन्दै प्रवन्ध निर्देशक बस्नेतले यात्रुहरुले पनि मास्क, सामाजिक दुरी कायम, नियमित स्यानिटाइजरको प्रयोग गरिरहँदा यात्रा सहज हुने बताएका छन् ।
बुद्धले नियमित रुपमा कम्पनीको वेवसाइट, समाजिक संजाल, इमेल, भाइवरलगायतमा सम्पर्क गरी विस्तृत जानकारी लिन सकिने पनि बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह
-
प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज