बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्ष २५ हजार धरौटीमा रिहा

सोमबार, २९ असार २०७७, २२ : १८
सोमबार, २९ असार २०७७

कञ्चनपुर । महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई आज जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले आज वडाध्यक्ष्य नाथलाई रु २५ हजार धरौटीमा रिहा गरेको हो । 

अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप