शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा कृष्ण मन्दिर भत्काएपछि नेपालमा विरोध

सोमबार, २९ असार २०७७, २० : ५५
सोमबार, २९ असार २०७७

काठमाडौं । पाकिस्तानको इस्लामावादमा निर्माधिन कृष्ण मन्दिर त्यहाँको सरकारले भत्काएपछि नेपालमा आज त्यसको विरोध भएको छ । राष्ट्रिय एकता अभियान नेपालस्थित पाकिस्तानी दूतावासका अगाडि प्रदर्शन गरेको छ । अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा गएको एक समूहले प्लेकार्डसहित त्यहाँ प्रदर्शन गरिएको छ ।

अभियानका अध्यक्ष यादवले पाकिस्तानी सरकारले मन्दिर तोड्न लगाउनु हिन्दुहरुको अपमान भएको बताउँदै उनले त्यहाँको सरकारलाई ध्यानाकर्षण गराउनका लागि आज प्रदर्शन गरिएको बताए ।

त्यहाँ मन्दिर निर्माण हुन लाग्दा त्यहाँका मुस्लिम धर्मगुरुहरुले विरोध गर्न थालेपछि त्यहाँका सरकारले मन्दिर निर्माण कार्यमा रोक लगाउनु साथै त्यसलाई भत्काएको छ । पाकिस्तानमा रहेका हिन्दुहरुले धेरै पहिलादेखि नै कृष्ण मन्दिर बनाउन माग गर्दै आइरहेका थिए ।

यो मन्दिर इस्लामावादको एच ९ इलाकामा २० हजार वर्गफिट जमिनमा निर्माण भइरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप