भानुभक्तको बिर्के टोपी लगाएर प्रधानमन्त्री ओली क्याबिनेट बैठकमा !
सोमबार, २९ असार २०७७, २० : १५
काठमाठौं । प्रधानमन्त्री केपी शर्मा ओली भानुभक्तले लगाउने बिर्के टोपीसहिति मन्त्रिपरिषद (क्याबिनेट) बैठकमा सहभागी भएका छन् । साझ ७ बजे बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली कालो रंगको बिर्खे टोपीका साथ उपस्थिति भएका हुन् ।
भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा पनि ओलीले उक्त टोपी लगाएका थिए ।
सोमबार २०७ औँ भानु जयन्तीमा पनि भव्यताका साथ मनाइएको छ । कालो रंगको बिर्खे टोपी आदिकवि भानुभक्त आचार्यको चिनारीका रुपमा लिइन्छ ।
तनहुँको भानु नगरपालिकाले आदिकविको सम्मानका लागि कार्यालय समय र औपचारिक कार्यक्रममा बिर्के टोपी अनिवार्य गराएको छ ।