
पूर्वराजा शाहबाट दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट पीडित सर्वसाधारणको अवस्थाप्रति व्यक्त गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका, घाइते भएका र घरबारविहिन भएको खबर सुनेर दुःख लागेको बताएका छन् । पूर्वराजा शाहले यो शोक, वियोग, व्यथा र वेदनाको स्थितिमा सबैलाई उद्धारमा जुट्न समेत आग्रह गरेका छन् ।
उनले भनेका छन्– ‘शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ ।’ उनले हाम्रोजस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया भएको बताउँदै त्यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने समेत बताएका छन् ।
उनले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने प्रार्थना समेत गरेका छन् । शाहले प्राकृतिक विपदको यो समयमा शोक सन्तप्त पीडित सबैमा समवेदना व्यक्त गर्दै घाईते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ