अश्लिल भिडियो बनाई पोष्ट गर्ने पक्राउ
सोमबार, २९ असार २०७७, १८ : ३९
प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीय एक बालिकाको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एकजनालाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले अश्लिल भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लिल भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र