काठमाडौंमा सार्वजनिक यातायात चल्न सुरु
काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । सरकारले विशेष स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयअनुुसार काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका केही यातायात कम्पनीहरुले यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।
महानगर यातायात, मयुर यातायात, संयुक्त यातायात लगायतले सोमबारदेखि गाडी सञ्चालनमा ल्याएका हुन । बस रोकिँदा व्यवसायीहरुलाई नोक्सानी बढ्दै जाने भएकाले तोकिएको मापदण्डअनुसार बस सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् ।
सरकारले एक पंक्तिको एउटा सिटमा एकजना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुचारु गर्न सकिने मापदण्ड तयार गरी सार्वजनि यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै बसमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ ।
यातायात व्यवसायीका संगठनहरुले भने विभिन्न माग राख्दै यातायात सञ्चालन नगर्ने बताउँदै आएका छन् । सरकारले लकडाउन खुकुलो बनाई केही क्षेत्रलाई सञ्चालन गर्न दिएपछि सार्वजनिक यातायात व्यवसायीहरुले पनि यातायात सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए । तर तिनै व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात खुलाउने निर्णय गरेपछि भने आफ्ना माग पुरा नगेसम्म गाडी नचलाउने बताउँदै आएका छन् ।
उनीहरुले गाडी मर्मतका लागि कर्जा उपलब्ध हुनुपर्ने, बैंकको ब्याज र किस्तालाई पुनःपूँजीकरण गर्नुपर्ने, चालक र सहचालकको स्वास्थ्य सुरक्षाको प्रबन्ध सरकारले मिलाउनुपर्ने लगायतका माग राखी बस सञ्चालन गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई