गुजरा नगरापलिकाको बजेट ४९ करोड
रौतहट । रौतहटको गुजरा नगरपालिकाको पाँचौ नगरसभाले साढे ४९ करोडको अनुमानित बजेट प्रस्ताव गरेको छ । सोमबार सम्पन्न गुजराको पाँचौ नगरसभाको उदघाटन समारोहमा मेयर सन्तलाल चौधरीले कुल ४९ करोड ,५२ लाख, दुईसय ८० रुपैयाँको आव २०७७–०७८को लागि बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालुतर्फ २९ करोड ,७० लाख,१५ हजार, पुंजिगत तर्फ १९ करोड , ८१ लाख,८५ हजार ,दुईसय ८० रुपैया बिनियोजन गरेको छ ।
त्यसैगरी कुल खर्च मध्ये आर्थिक विकास क्षेत्रमा ७३ लाख,९ हजार ,५ सय रुपैया ,सामाजिक क्षेत्रमा १५ करोड १ लाख ६ हजार नगरसभाले बिनियोजन गरेको छ । त्यस्तै पूर्वाधार विकासतर्फ १६ करोड ४ हजार सातसय ८० वातावरण तथा विपद ब्यवस्थापन तर्फ २ करोड रुपैयाँको लागि सिफारिस गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १५ करोड ७७ लाख ८० हजार रुपैया विनियोजन गरिएको तथ्यांकमा उल्लेख रहेको छ।
चालू आर्थिक बर्षको अनुमानित आम्दानीमा संघीय सरकारको बितिय समानिकरण अनुदान १३ करोड ४५ लाख, संघिय सरकारको सशर्त अनुदान १८ करोड ५ लाख, संघिय सरकारको विशेष अनुदान ६० लाख, संघिय सरकारबाट समपुरक अनुदान २ करोड, प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान ७५ लाख, ५१ हजार, सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, राजस्व बाँडफाँडबाट १० करोड २५ लाख, ८० हजार, आन्तरिक आयतर्फ ३ करोड १० लाख, ७० हजार गरि कुल ४९ करोड ५२ लाख, दुईसय ८० रुपैयाँ आउने अनुमान रहेको गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले जानकारी दिए ।