
ADVERTISEMENT
माछा मार्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

बुटवल । अर्घाखाँचीमा माछा मार्ने क्रममा करेन्ट लागेर बालक मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका–९ सिद्धाराको थारगटस्थित रङसिङ खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक बालकको मृत्यु भएको हो ।
स्थानीय छविलाल पुनका १२ वर्षिय छोराको आफ्नै घर नजिकको रङसिङ खोलामा विद्युतको मेन तारमा तार अडकाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा अध्यक्ष भिम केसीले बताए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ