केन्द्रीय संस्करण

चर्चित अमेरिकी गायक एल्विस प्रेस्लेका एक्ला नातीले गोली हानेर गरे आत्महत्या

person explore access_timeअसार २९, २०७७ chat_bubble_outline0

चर्चित अमेरिकी गायक एल्विस प्रेस्लेका नाती बेन्जामिन केओफको आइतबार २७ वर्षको उमेरमा निधन भएको छ । खबरका अनुसार उनले अमेरिकाको क्लाबसासस्थित आफ्नो घरमा गोली हानेर आत्महत्या गरेका छन् । यो कुराको पुष्टि उनकी आमा र एल्विसकी एक्ली छोरी लिस मेरी प्रेस्लेकी म्यानेजरले एक समाचार एजेन्सीसँगको कुराकानीमा गरेका हुन् ।

लिसाका म्यानेजर रोजर विडिनोवस्कीले बेन्जामिनको मृत्युबारे थप जानकारी दिन अस्विकार गर्दै बताए, ‘छोराको मृत्युपछि लिसा मेरी प्रेस्ले निकै दुःखी, फकाउनै नसक्ने र उजाड महसुस गरिरहेकी छिन् । तर उनी आफ्ना ११ वर्षे जुम्ल्याहा र जेठी छोरी राइलीका लागि दरिलो हुने प्रयास गरिरहेकी छिन् ।’

लिसा, एल्विस र नायिका प्रिसिला प्रेस्लेकी एक्ली सन्तान हुन् ।

विडिनोवस्कीले भने, ‘उनी आफ्नो छोरालाई निकै प्रेम गर्थिन् । उनको छोरा उनको जीवनको प्रेम थिए ।’

केओफ सार्वजनिक रुपमा निकै कम देखिन्थे तर उनका जतिपनि फोटो सार्वजनिक भएका छन् त्यो देखेर उनी आफ्ना हजुरबुवा एल्विसजस्तै देखिन्छन् भनेर अन्दाज लगाउन सकिन्छ ।

केओफ एक सङ्गीतकर्मी थिए जसले अभिनयमा पनि हात हालेका थिए र सन् २०१७ मा एल्विसको मृत्युको ४० औं वर्षगाँठमा टेनेसीको मेम्फिस शहरमा रहेको एल्विसको पूर्व घरमा भएको कार्यक्रममा पनि भाग लिएका थिए । रक एण्ड रोलका दिग्गज एल्विस प्रेस्लेको निधन सन् १९७७ मा ४२ वर्षको उमेरमा भएको थियो ।

स्रोतः डेली मेल

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.