रामेछापमा भरुवा बन्दुकसहित १ जना पक्राउ
सोमबार, २९ असार २०७७, १४ : १०

रामेछाप । रामेछापमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । रामोछाप नगरपालिका–६ डाङसिंटार बस्ने ४० वर्षीय ईन्द्र बहादुर थापामगरलाई प्रहरीले भरुवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
थापामगरले मकै बारीमा बाँदर धपाउनको लागि भरुवा बन्दुक चलाउने क्रममा उक्त भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने १९ वर्षीय आकाश आले मगर घाइते भएलगत्तै उनी पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो देखियो शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला