बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रामेछापमा भरुवा बन्दुकसहित १ जना पक्राउ

सोमबार, २९ असार २०७७, १४ : १०
सोमबार, २९ असार २०७७

रामेछाप । रामेछापमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । रामोछाप नगरपालिका–६ डाङसिंटार बस्ने ४० वर्षीय ईन्द्र बहादुर थापामगरलाई प्रहरीले भरुवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

थापामगरले मकै बारीमा बाँदर धपाउनको लागि भरुवा बन्दुक चलाउने क्रममा उक्त भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने १९ वर्षीय आकाश आले मगर घाइते भएलगत्तै उनी पक्राउ परेका हुन्  ।

उनलाई जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप