आशिषको ‘गलबन्दी पच्छ्यौरी’ मा वर्षा
सोमबार, २९ असार २०७७, १४ : ०३
काठमाडौं । युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’ कोका गायक आशिष सचिनको अर्काे गीत ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिनको समेत अभिनय देख्न सकिन्छ । लकडाउन अगाडि छायाँकन भएको यो गीतमा परम्परागत रोटेपिङ, लिङ्गेपिङ, हाटबजार लगायतको दृश्य समेत राखिएका छन् ।
गीतमा गायक सचिनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा