रिलायन्स लाइफ इन्स्योरेन्सको पुँजी ३ अर्ब पुग्यो, ६३ करोडको शेयर सार्वजनिक निष्काशन गर्ने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पूँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको जानकारी गराएको छ ।
सो सभाले सञ्चालक समितिको आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं. अन्य सुविधाहरु निर्धारण तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ । सभामा अध्यक्ष ताराचन्द्र केडियाले पेश गरेको प्रतिवेदन पारित भएको हो ।
साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ ।
कम्पनीले मिति २०७४/०८/०१ गतेदेखि विधिवत् रुपमा जीवन बीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै हाल १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट आफ्नो कार्य संचालन गरिरहेको छ । कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथासुन्दर प्रसाद कडेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने
-
आन्दोलनमा उत्रिएका ग्यास उद्योगीलाई मन्त्रालयले बोलायो छलफलमा
-
नेपालकाे कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन केपी ओलीलाई विद्या भण्डारीको सुझाव